कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले बुधबार ‘बाङ्गला शस्य बीमा’ योजना अन्तर्गत करिब नौ लाख किसानहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्न ३५० करोड रुपियाँ जारी गर्ने घोषणा गरिन्रे। “बाङ्गला शस्य बीमा योजनाअन्तर्गत, हामी अब नौ लाख किसानहरूको बैंक खातामा सिधै ३५० करोड रुपियाँ जारी गर्दैछौं,” उनले भनिन्। खरिफ मौसममा प्रतिकूल मौसमका कारण बालीमा क्षति पुगेका सबै किसानलाई यो सहयोग उपलब्ध गराइएको उनले बताइन्। “हाम्रा किसानहरूले बाली बीमाको लागि कुनै पैसा तिर्नु पर्दैन किनभने हाम्रो राज्य सरकारले आलु र उखु लगायत सबै बालीहरूको बीमा शुल्क तिर्छ,” उनले भनिन्, “२०१९ मा स्थापना भएदेखि नै राज्य सरकारले प्रदान गरेकोमा हामी गर्व गर्छौं ‘ बाङ्गला फसल बीमा’ योजनाअन्तर्गत मात्र १.१२ करोड प्रभावित किसानहरूलाई ३,५६२ करोड रुपियाँको कुल सहायता गरिनेछl हामी सँधै बङ्गालका किसानको साथमा छौँ र भविष्यमा पनि गरिरहने छौँ।‘‘