लामा गाउँ गोल्ड कपः फ्यूचर स्टार स्पोर्टिंग क्लबको रोमाञ्चक जीत

photocollage_202518221658824

दार्जीलिङ: लामा गाउँ वेलफेयर सोसाइटी, दार्जीलिङको तत्त्वावधानमा आयोजित प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टमा फ्यूचर स्टार स्पोर्टिंग क्लब (जोरथांग, सिक्किम)-ले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। बुधवार भएको म्याचमा फ्यूचर स्टार स्पोर्टिंग क्लबले नर्थ बेंगल आर्म्ड पुलिसविरुद्ध ५-४-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट सेवान लेप्चाले ह्याट्रिक गरे। सेवान लेप्चाले प्लेयर अव् द म्याचको पुरस्कार जिते। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २० र २४ जनवरीमा खेलिनेछ। यसरी फाइनल २६ जनवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement