इण्डिया ओपन सुपर ७५० ब्याडमिण्टन टुर्नामेण्टमा सबैभन्दा ठूलो दल उतार्न तयार भारत

IMG-20250108-WA0237

नयाँ दिल्ली: लक्ष्य सेन र पीभी सिन्धूको अगुवाईमा भारतको अहिलेसम्मको सबैभन्दा ठूलो दलले १४ जनवरीदेखि यहाँ शुरु हुने योनेक्स-सनराइज इण्डिया ओपन सुपर ७५० ब्याडमिण्टन टुर्नामेण्टमा हिस्सा लिनेछ। ओलम्पिक च्याम्पियन भिक्टर एक्सेलसन, एन से यंग र विश्वका नम्बर एक खेलाड़ी शी युकी जस्ता शीर्ष खेलाड़ीहरूका साथमा भारतका २१ जना खेलाड़ीहरूले यस प्रतियोगितामा हिस्सा लिनेछन्। यसमा पुरुष एकलमा ३, महिला एकलमा ४, पुरुष युगलमा २, महिला युगलमा ८ र मिश्रित युगलमा ४ जोड़ीले चुनौती पेश गर्नेछ। इन्दिरा गान्धी स्टेडियमको केडी जाधव इण्डोर हलमा हुने यस टुर्नामेण्टमा च्याम्पियन्सको निम्ति ९.५ लाख डलर (लगभग ८.१५ करोड़ रुपियाँ)-को पुरस्कार पूल अनि ११,००० ऱ्याङकिंग पोइण्ट्स रहनेछ। भारतीय ब्याडमिण्टन संघका महासचिव सञ्जय मिश्राले भने, सुपर ७५० प्रतियोगितामा यति धेर भारतीय खेलाड़ीहरूले प्रतिस्पर्धा गर्नु विश्व मञ्चमा भारतीय ब्याडमिण्टनको विकास र उन्नतिको प्रतीक हो।
उनले भने, यो केवल शुरुवात हो। यस साल हाम्रा स्थापित खेलाड़ीहरूका साथमा नयाँ नामहरूले पनि भारतीय ब्याडमिण्टनको गौरव गाथालाई अघि बढ़ाउनेछन्। उल्लेखनीय छ, यस टुर्नामेण्टलाई २०२३-मा सुपर ७५० श्रेणीमा परिणत गरिएको थियो। गत दुई सीजनमा भारतका १४ जना खेलाड़ीले हिस्सा लिएका थिए। टुर्नामेण्टको गत आयोजनमा चिराग शेट्टी र सात्विकसाईराजरंकीरेड्डीको जोड़ीले पुरुष युगलको फाइनलमा स्थान बनाएको थियो। यसरी एचएस प्रणयले पुरुष एकलको सेमिफाइनलमा स्थान बनाएका थिए। चीन मास्टर्स २०२४-को सेमिफाइनलमा पुग्ने चिराग र सात्विकको जोड़ी यस साल फेरि प्रबल दावेदारको रूपमा कोर्टमा ओर्लिनेछ। चोटमुक्त भएर खेलमा फर्किने सात्विकले पेरिस ओलम्पिकपछि आफ्नो लय हासिल गर्ने प्रयास गर्नेछन्। सात्विक-चिरागको साथमा भारतलाई पूर्व च्याम्पियन लक्ष्य सेन र दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धूबाट पनि असल प्रदर्शनको आशा रहनेछ। यस प्रतियोगितामा विश्वका शीर्ष २० पुरुष एकल खेलाड़ीहरूमा १८ अनि शीर्ष २० महिला खेलाड़ीहरूमा १४ जनाले हिस्सा लिनेछन्। पुरुष युगल जोड़ीहरूमा ओलम्पिक रजत पदक विजेता चीनका लियांग वेइकेंग एवम् वांग चांग अनि इण्डोनेशियाका फजर अल्फियान एवम् मुहम्मद रियान अर्दिआन्तो सामेल छन्। योनेक्स-सनराइज इण्डिया ओपन सुपर ७५० ब्याडमिण्टन टुर्नामेण्टमा हिस्सा लिने भारतीय खेलाड़ीहरूका सूची यसप्रकार छः
पुरुष एकलः लक्ष्य सेन, एचएस प्रणय, प्रियांशु राजावत
महिला एकलः पीभी सिन्धू, मालविका बंसोड़, अनुपमा उपाध्याय, आकर्षी कश्यप
पुरुष युगलः चिराग शेट्टी/सात्विकसाईराज रंकीरेड्डी, के साई प्रतीक/पृथ्वी के रोय
महिला युगलः त्रिसा जली/गायत्री गोपीचन्द, अश्विनी पोनन्ना/तनीषा क्रास्टो, रुतुपर्णा पाण्डा/श्वेतापर्णा पाण्डा, मनसा रावत/गायत्री रावत, अश्विनी भट्ट/शिखा गौतम, साक्षी गहलावत/अपूर्वा गहलावत, सानिया सिकन्दर/रश्मि गणेश, मृण्मयी देशपाण्डे/प्रेरणा अलवेकर
मिश्रित युगलः ध्रुव कपिला/तनीषा क्रास्टो, के सतीश कुमार/आद्या परियाथ, रोहन कपूर/जी रुथविका शिवानी, अशिथ सूर्या/अमृता प्रमुथेश

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *