चिरांग(असम): चिरांग जिल्लाको सत्र न्यायाधीश न्यायालयले आज १७ वर्षीया आदिवासी किशोरीसंग भएको सामूहिक बलात्कारको घटनामासंलग्न दुईजनालाई २० वर्षको कारावासको सजाय सुनाएको छ।
यो घटना वर्ष २०२३-को मार्च महिनामा चिरांग जिल्लाको सिदली थाना क्षेत्रको गरूभाषा पुलिस चौकी क्षेत्रमा भएको थियोl जहाँ दुईजना व्यक्तिहरूले नावालिका किशोरीलाई डर धम्की देखाएर सामूहिक बलात्कार गरेका थिेए।
सो घटनाका आरोपीद्वय रत्न किस्कु र थोमस किस्कुलाई सत्र न्यायाधीश सी. चतुर्वेदीले पोक्सो अधिनियम अन्तर्गत २० वर्षको कारावासको सजायसहित ५०हजार रुपियाँ जरीमाना पनि लगाएको छ। जरीमाना भुक्तान नगरेको खण्डमा उनीहरूलाई अतिरिक्त दुई वर्षको कारावासको सजाय हुनेछ।
उल्लेखनीय छ, सामूहिक बलात्कार घटनामा आरोपीहरूसंग अर्को एकजना किशोरी पनि संलग्न थिइन्। किशोरीको मामिलामा न्यायिक प्रक्रिया जुवेनाइल कोर्टमा चलिरहेको छ।