काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले बुधवार छात्र सप्ताहको समापन समारोहमा ‘कन्याश्री’ योजनालाई लिएर भावी कार्यक्रमको घोषणा गरिन्। उनले भनिन्, उनको सरकारले यस योजना अन्तर्गत एक करोड़ छात्रालाई जोड़्ने लक्ष्य राखेको छ।
वर्तमानमा यस योजनाको लाभ ८९ लाख छात्रालाई प्राप्त भइसकेको छ।
मुख्यमन्त्रीले शिक्षासंग सम्बन्धित अन्य योजनाहरूको जानकारी पनि गराइन् जस अनुसार सबुजसाथी योजना: १.२७ करोड़ छात्रालाई साइकल बितरण गरिएको छ, ऐक्यश्री योजना: ४.१५ करोड़ लाभार्थी, शिक्षाश्री योजना: १.३९ करोड़ छात्रहरू लाभान्वित, मेधाश्री योजना ६.६८ लाख छात्रलाई अनुदान दिइएको छ, स्वामी विवेकानन्द स्कलरशिप: ३२.६० लाख छात्रलाई छात्रवृत्ति, स्टुडेन्ट्स क्रेडिट कार्ड: ८१ हजार छात्रलाई उच्च शिक्षाको लागि ऋण दिइने मुख्यमन्त्रीले दाबी गरिन्l शिक्षासंग सम्बन्धित योजनाहरूको माध्यमबाट अहिलेसम्ममा सात करोड़ विद्यार्थीहरू लाभान्वित भएका छन्।
वास्तवमा ‘कन्याश्री’ योजनाको उद्देश्य १८ वर्षभन्दा कम उमेरका युवतीहरूको विवाह रोक्नु र उनीहरूलाई शिक्षासंग जोड़्नु हो। यस योजनालाई ममता सरकारका प्रमुख उपलब्धिहरूमध्ये एक मानिएको छ। विपक्षले भन्यो- आँकड़हरूबाट यथार्थलाई लुकाउन सकिँदैन-
मुख्यमन्त्रीका उपरोक्त आँकड़ाहरूमाथि विपक्षले प्रश्न उठाएको छ। भारतीय जनता पार्टी (भाजपा)-का प्रवक्ता राजर्षि लाहिड़ीले भने, मुख्यमन्त्रीको आँकड़ा भ्रष्टाचारलाई लुकाउने प्रयास हो। पश्चिम बंगालको शिक्षा व्यवस्थाको अवस्था कसैबाट पनि लुक्न सकेको छैन।
यसरी नै माकपा नेता सुजन चक्रवर्तीले भने, तृणमूल सरकारले शिक्षा व्यवस्थालाई पूर्ण रूपले बर्बाद बनाएको छ। पछिल्लो दश वर्षमा सरकारी तथा सरकारब्दारा संचालित स्कूलहरूमा विद्यार्थीहरूको संख्या कति घटेको छ, त्यसको पनि आँकड़ा पेश गरियोस्।