गत सेप्टेम्बरदेखि बेपत्ता छन् अलिपुरद्वार निवासी फुडा उराव

IMG-20250108-WA0199

अलिपुरद्वार: शिशुझुमरा ग्राम पञ्चायतको सरु गाउँ नम्बर ३ बस्तीका फुडा उराव मुम्बईमा काम गर्ने क्रममा बेपत्ता भए। अलिपुरद्वार जिल्लाको मदारीहाट वीरपाडा ब्लकको शिशुझमुरा ग्राम पञ्चायतको सरु गाउँ निवासी फुडा उराव गत वर्ष सेप्टेम्बर १ मा मुम्बईमा काम गर्न जाने क्रममा बेपत्ता भएका थिए। बेपत्ता फुडा उरावकी श्रीमतीले आफू पहिले पनि कामको लागि बाहिर गएको बताइन्। तर यस्तो हुनसकेको छैन। वीरपारा पुलिस चौकीमा उजुरी परेको छ, र छोरा पनि खोज्न ती ठाउँमा गएको छ, आज चार महिना भइसक्यो तर कतै पनि फेला परेको छैन। उनले सामाजिक सञ्जालमार्फत श्रीमान खोज्न सबैलाई आग्रह गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement