नो पार्किङ जोनमा गाडीहरु रोकेको पाइएमा कार्वाही गरिने
खरसाङ: खरसाङ बजारमा ट्राफिक व्यवस्थालाई सुचारू र सठीक रुपमा सञ्चालन गर्नलाई खरसाङ ट्राफिक पुलिसद्वारा कडा व्यवस्था गरेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ ट्राफिक पुलिस ओसी बीरेन्द्र छेत्रीले खरसाङ बजारको ट्राफिक व्यवस्था सुचारु गर्नलाई रोहिणी जिरोदेखि टुरिस्ट लजसम्म नो पार्किङ जोन रहेको बताएका छन्। उनले खरसाङ टाउनभरि नो पार्किङ जोन रहेको बताउँदै रोहिणी रोडमा पनि गाडीहरु डबल लाइनमा राख्न मनाही गरिएको जानकारी गराएका छन्। उनले बताए अनुसार खरसाङ बजारमा रहेका होटलहरुले पनि आफ्नै पार्किङ व्यवस्था गर्नु पर्ने हुन्छ। खरसाङ बजारको वर्ध्दमान रोड र हिल कार्ट रोडमा पनि प्रशासनद्वारा तोकेको स्थानबाहेक अन्य ठाउँमा गाडीहरु रोकिएको पाइएमा साथै आपतकालीन सेवाका गाडीहरु र अन्य आवश्यक गाडीहरुबाहेक साथै सरकारी गाडीहरु र पुलिसको प्राईवेट गाडीहरु र अन्यलाई कानुनी कार्वाही गरिने जानकारी गराएका छन्। ट्राफिक पुलिस ओसी बीरेन्द्र छेत्रीले अघि भने, ‘खरसाङ बजारको ट्रफीस व्यवस्था सठीक र सुव्यवस्थित गर्नलाई जनता र चालकहरु, दोकानेहरु साथै सबैलाई पुलिसलाई सहयोग गरिदिने आह्वान् गर्दछु। खरसाङको जनता र अन्य सबैबाट ट्राफिकलाई साथ र सहयोग गरिदिने आशावादी छौं।’
उनले अघि भने, ‘खरसाङ बजारमा कुनै पनि गाडीहरु जताततै अव्यवस्थित पार्किङ गरेर राखिएको पाइएमा कानुनी कार्वाही गरिनेछ। गाडीहरु अव्यवस्थित रुपमा पार्किङ गरेर ट्राफिक सञ्चालनमा बाधा भएमा कार्वाही गरिनेछ।’
उनले बाइक स्कुटीहरुमस दुईवटा हेल्मेट अनिवार्य रहेको बताउँदै गाडीमा सिल्ट बेल्ट अनिवार्य रहेको अनि ट्रकहरु पनि जताभावी रुपमा कुनै पनि स्थानतिर नरोकिदिने अनुरोध गरेका छन्। उनले खरसाङ बजारको गोयन्का पेट्रोल पम्प अघिल्तिर सिलगढीबाट दार्जिलिङ जाने गाडीहरुकोपिक अप र ड्रप मात्र गर्न पाउने तर पार्किङ गर्न नपाउने साथै दार्जिलिङबाट सिलगढी जाने गाडीहरुलेअस्पताल मोडमा पनि पिक अप र ड्रप मात्र गर्न पाउने तर पार्किङ गर्न नपाउने जानकारी गराएका छन्।
उनले खरसाङको ट्राफिक व्यवस्था सुचारु गर्नलाई सबैको साथ र सहयोगको आशा गरिएको बताएका छन्।