भाडाको घरमा गाँजाको कारोबार गरिरहेको आरोपमा महिला पक्राउ

IMG-20250108-WA0198

सिलगढी: बिहारको मोतीहारी र सिलगढीमा घर भाडामा लिएर एक महिलाले गाँजाको व्यवसाय गरिरहेको आरोप छ। ती महिला करिब एक वर्षदेखि सिलगढीको मतिगढाको शुट्की गोडाउन इलाकाको एउटा घरमा भाडामा बस्दै आएकी थिइन्  अन्तत: छापा मारेर किरण देवी २८ किलो गाँजासहित पक्राउ परिन्।

सिलगढी मेट्रोपोलिटन पुलिसको मतिगढा थानाको पुलिसले बुधबार मतिगढाको शुट्की गोडाउन क्षेत्रको एक घरमा छापा मारेको हो। किरणदेवीको घरबाट २८ किलो गाँजा बरामद गर्न मतिगढा चौकीले सफलता हात पारेको छ। पुलिस स्रोतका अनुसार किरण देवीलाई लामो समयदेखि पुलिसले शंकाको घेरामा राखेको थियो। उनलाई बिहीबार सिलगढी अदालतमा पेश गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement