नागाल्याण्डमा फसेका असम पुलिस टीमलाई सकुशळ रिहा गरिएको l

IMG-20240717-WA0003

गुवाहाटी(असम): नागाल्याण्डमा फसेको असम पुलिसको टीमलाई आज रिहा गरिएको छ। ज्रहोस्, गए मंगलवार नागाल्याण्डमा अभियानको निम्ति गइरहेका असम पुलिसको एक दललाई नागा अपराधीहरूले बन्दी बनाएका थिए जसकारण सो क्षेत्रमा त्रास फैलिएको थियो।
प्राप्त जानकारी अनुसार टियोक थानाका प्रभारी पुलिस अधिकारी गंगाराम फूकन सहित असम पुलिसको १६ सदस्यीय दल जोरहाटमा वाहनहरूको चोरीमा संलग्न एक गिरोहलाई समात्नको लागि नागाल्याण्डको याचांग सी क्षेत्रमा पुगेको थियो। असमको सीमा भनेर पुलिस दलले गल्तीले नागाल्याण्ड सीमामा प्रवेश गरेको थियो जसबाट त्यहाँका बासिन्दाहरूसँग विवाद उत्पन्न भयो र पुलिसको टीमलाई बन्दी बनाइएको छ।
यस घटनामा अभियुक्तहरूद्वारा आक्रमण गरिएको कारणले असम पुलिसका जवान विद्युत दत्त घाइते भएका छन,जसलाई डिब्रुगढ़को आदित्य अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको छ।
सूचना पाएपछि जोरहाटका अतिरिक्त पुलिस एसपी लूना सोनोवालको नेतृत्वमा एक टीम आज घटनास्थलमा पुगेको थियो र पुलिस दललाई सुरक्षित रिहा गराi र यो। जोरहाट जिल्ला पुलिस एसपी शेतांग मिश्रले यस घटनाप्रति प्रतिक्रिया व्यक्त गर्दै भने, घटनाको जानकारी पाए लगत्तै उनले नागाल्याण्डको मोकोकचुंग पुलिससंग सम्पर्क गरे र स्थितिलाई नियन्त्रण गरी पुलिस दललाई सकुशल असम फर्काएर ल्याए। उनले भने, असम र नागाल्याण्डको सीमा विवादलाई सुल्झाउनको लागि नागाल्याण्ड सरकारसंग चाँड़ै बातचित गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement