मालदा: पुलिसले मालदाका पार्षद दुलाल सरकार उर्फ बबला सरकारको हत्या प्रकरणको रहस्य पत्ता लगाउन थालेको छ। यस मामिलामा पुलिसले इङ्गलिस बजार शहरका तृणमूल कांग्रेसका अध्यक्ष नरेन्द्रनाथ तिवारीलाई पक्राउ गरेको छ। स्वपन शर्मा नामका अर्का एक जना पक्राउ परेका छन्। केही वर्षअघि स्वपन शर्माविरुद्ध पनि धेरै मुद्दा दर्ता भएको थियो। नरेन्द्रनाथ तिवारी अझै पनि इङ्गलिस बजार शहर तृणमूलका अध्यक्ष छन्। स्वपन शर्माको घर मालदा शहरको पिरोजपुर क्षेत्रमा छ। मालदाको इङ्गलिस बजार नगरपालिकाका तृणमूल काउन्सिलर दुलाल सरकारको जनवरी २ मा गोली हानी हत्या गरिएको थियो। पुलिसले तृणमूल काउन्सिलर दुलाल सरकारको हत्याको मुद्दामा इङ्गलिस बजार टाउन तृणमूलका अध्यक्ष नरेन्द्रनाथ तिवारी र उनका दुई भाईलाई बोलाएको थियो। त्यसपछि रातभर दुवैलाई सोधपुछ गरिएको थियो। दुवै भाई धीरेन्द्रनाथ तिवारी र अखिलेश तिवारीलाई इङ्गलिस बजार पुलिस चौकीमा बोलाइएको थियो। मालदाका पुलिस अधीक्षकसहित वरिष्ठ अधिकारीहरूले तीनै जनालाई सोधपुछ गरे र आज बिहान नरेन्द्रनाथ तिवारीलाई पुलिसले पक्राउ गरेको छ। पुलिस उपरीक्षक प्रदीपकुमार यादवले करिब २२ घण्टा सोधपुछपछि सबैलाई पक्राउ गरेको जानकारी गराउदछौं, केही दिनअघि दुलाल सरकारको गोली हानी हत्या गरिएको थियोl दुलालको हत्याप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले दुलाललाई आफ्नो नजिकको साथी भन्दै यस हत्याका लागि पुलिसको आलोचना पनि गरेकी छन्। उनले यस घटनाका अभियुक्त जोसुकै भए पनि तत्काल पक्राउ गर्न पुलिसलाई निर्देशन दिएकाले पुलिसले यस घटनामा संलग्न सबैलाई सोधपुछ गरिरहेको छ।