मोरीगाउँ (असम ): जागीरोडको जोनबिल क्षेत्रमा आगामी १६, १७ र १८ जनवरीमा तीन दिवसीय ऐतिहासिक जोनबिल मेला संचालन भइरहेको छ।
उक्त मेला आफ्नो परम्परागत वस्तु विनिमय प्रणालीलाई संरक्षण गर्न तथा प्रदर्शन गर्नको लागि प्रसिद्ध छ।
मेलामा कार्बी आंगलोग तथा मेघालयका सयकड़ौं गाउँहरूबाट मानिसहरू आफ्ना कृषि उत्पादनहरू लिएर सहभागी बन्दछन्। यहाँ उनीहरूले वस्तु विनिमयको आफ्नो परम्परालाई अघि बढ़ाउँदछन्। यस मेलामा मेघालयको खासी हिल्स तथा कार्बी आंगलोंगका मानिसहरू आ-आफ्ना कृषि उत्पादनहरू लिएर आउँदछन् जसको विनिमय स्थानीय कृषि उत्पादनहरूसित गर्ने गर्दछन्। किनबेचमा पैसा प्रयोग हुँदैन।
यो मेला आदान-प्रदान मात्र नभएर सांस्कृतिक विविधता औ परम्पराको अद्भुत संगमको प्रतीक पनि हाे। जोनबिल मेलाको लागि व्यापक रूपमा तयारी भइरहेको छ। यस मेलामा तिवा समुदायका गोभा राजा तथा उनका मन्त्रीमण्डलका सदस्यहरूलाई विशेष रूपमा सम्मानित गरिनेछ। यसमा सहभागी बन्नका लागि देश-दुनियाँका मानिसहरू आउने गर्दछन्।