सिविटार युनाइटेड घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको क्वाटर फाइनलमा प्रवेश

Screenshot_20250108_191840_FotoCollage Maker

खरसाङ: घैयाबारी स्पोट्स एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टमा सिविटार युनाइटेड क्वाटर फाइनलमा प्रवेश गरेको छ। आज भएको खेल लिंकन क्लब सिपाहीधुरा र सिविटार युनाइटेडमाझ सम्पन्न भएको छ। यस खेलमा सिपाहीधुराको तर्फबाट जर्सी नम्बर ६ बीरेन तामाङले गोल गरेर बढत बनाएका थिए भने सिविटार युनाइटेडको तर्फबाट जर्सी नम्बर 8 इलाले गोल गरेर खेल बराबरीमा ल्याएका थिए। यसको साथै पहिलो हाफको खेल समाप्त हुन अघि समय अघि सिविटार युनाइटेडको जर्सी नम्बर ७ रोहण विश्वकर्मले गोल गरेर बढत बनाएका थिए। पहिलो हाफको खेल २-१ को अन्तरमा समाप्त भएको थियो‌‌। दोस्रो हाफको खेलमा सिविटार युनाइटेडको जर्सी नम्बर ७ रोहण विश्वकर्मले नै गोल गरेपछि खेल ३-१ को बढत बनाएको थियो। तर सिविटारले गरेको तेस्रो गोलमा सह निर्णायकको निर्णयमा विवाद सिर्जना भएको थियो। उक्त विवादले गर्दा लिंकन क्लब सिपाहीधुराका खेलाडीहरुले अस्वीकार गरेर मैदान छोडेका थिए। निर्धारित समयसम्म पर्खेर आयोजक समितिले सिविटार युनाइटेडलाई ३-१ को अन्तरले विजयी घोषित गरेका थिए। यस खेलमा म्यान अफ् द म्याच सिविटार युनाइटेडको जर्सी नम्बर ८ इला चयन भएका छन्। आजको खेलमा मुख्य अतिथिको रुपमा जीवनकुमार गुरुङ उपस्थित रहेका थिए। अब भोलि बिहीबार हुने खेल मिक्स अप बोइज खरसाङ र एक्का ट्रायलमाझ सम्पन्न हुने भएको छ। आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आयोजक समिति घैयाबारी स्पोटर्स एसोसिएसनको पक्षबाट दावा वाङ्दी लामाले आज दोस्रो चरणको खेल अन्तर्गत सिविटार युनाइटेड र लिंकन क्लब सिपाहीधुरामाझ सम्पन्न भएको र यसमा सिविटार युनाइटेड ३-१ को अन्तरले विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको जानकारी गराएका छन्। उनले यस नगदराशि फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी २६ जनवरीमा सम्पन्न हुने भएको र यसको विजेतालाई ट्रफीससहित नगदराशि डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement