उमरांग्सू कोइला खानीबाट एक शव भेटियो, बचाउ अभियान जारी रहेको मुख्यमन्त्रीकाे भनाई

New-Project-91

गुवाहाटी(असम): उमरांग्सू कोइला खानीमा सेनाको २१ प्यारा टीमको गोताखोरहरूले कुँआभित्रबाट एक शव फेला पारेका छन्। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार यसबारे जानकारी गराउँदै शोक संतप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले भने, बचाउ अभियान तीव्र गतिमा जारी छ। सेना र एनडीआरएफका गोताखोरहरू कुआँमा पसिसकेका छन्। नौसेनाका जवानहरु पनि घटनास्थलमा छन् र आगामी चरणको तयारी गरिरहेका छऩ्। यसबीच एसडीआरएफको डी-वाटरिङ पम्प उमरांग्सूबाट हिँड़िसकेको छ। ओएनजीसीको डी-वाटरिङ पम्प कुम्भिग्राममा एमआई-१७ हेलीकप्टरमा लोड गरिएको छ र मौसम सफा हुने प्रतिक्षा गरिँदैछ।
स्मरणीय छ, बचाउ कार्यको पहिलो दिन मंगलवार साझँ खराब मौसम र जल सतह बढ़ेको कारण अभियानलाई अस्थायी रूपमा रोक्नुपरेको थियो। अभियान बुधवार बिहान फेरि सुरू गरिएको छ।
६ जनवरीमा उमरांग्सू क्षेत्रको ‘३ किलो’ मा कोइला खानीमा पानी भरेको कारण धेरै श्रमिक फंसका छन्। प्रशासनले घटनापछि तुरन्तै राहत कार्य तीव्र पारेको छ। खानीबाट १०जना मजदूरलाई सुरक्षित निकालियो छ भने कम्तीमा १२जना मजदूरहरु अहिलेसम्म फसेको जनाएको छ। तर , मजदूरहरूको सही संख्यालाई लिएर कुनै ठोस जानकारी पाइएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement