अलिपुरद्वार: अलिपुरद्वारको जंक्शन भोलारदबारी राम मन्दिर क्षेत्रको पोखरीबाट स्थानीय युवाले १३ फिट लामो अजिङ्गर उद्धार गरी वन विभागलाई बुझाएका छन्। मङ्गलबार दिउँसो करिब १२ बजे स्थानीय बासिन्दाले अलिपुरद्वार जंक्शन भोलारादबारी राम मन्दिर क्षेत्रको एउटा घरको पोखरीमा ठूलो अजिङ्गर देखे। घटनाको खबर पाएलगत्तै अजिङ्गरलाई हेर्न स्थानीय बासिन्दा जम्मा भए। ती मध्ये दुई युवाले पोखरीबाट अजिङ्गर निकालेर खोरमा थुने। यो जानकारी बक्सा टाइगर प्रोजेक्टका कर्मचारीहरूलाई दिइयो। खबर पाएलगत्तै वन कर्मचारीले घटनास्थल पुगेर उद्धार गरिएको अजिङ्गरलाई वनकर्मीलाई बुझाए। प्रारम्भिक उपचारपछि अजिङ्गरलाई बक्सा टाइगर प्रोजेक्टको खुला वातावरणमा छोडिने बताइएको छ।