सिलगढी: सिलगढी नगरपालिकाको वार्ड नम्बर ४० हैदरपाडाको पर्शमणि लेनमा भीषण आगलागी भएको छ। आगलागीबाट घरमा क्षति पुगेको छ। आगलागीको जानकारी पाएलगत्तै दमकलका दुई वटा गाडी घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास भएको छ। सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। आगलागीपछि भक्तिनगर पुलिस चौकी र विद्युत् आपूर्ति विभागका कर्मचारी पनि घटनास्थल पुगेका छन्।