नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १,६७५ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोविड सङ्क्रमितको संख्या बढ़ेर अब ४,३१,४०,०६८ पुगेको छ। त्यहिं गत २४ घण्टामा मोठ ३१ जना मानिसहरूको कोरोनाले मृत्यु भएको छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,२४,४९० जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा १,६३५ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,२६,००,७३७ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७५℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या १४,८४१ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ४,०७,६२६ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ८४,७४,९९,८५२ जनाको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १३,७६,८७८ जनाले कोरोना खोप लगाउनको साथ कुल १,९२,५२,७०,९५५ जनाले यो खोप लगाइसकेको छन्।