सिलगढी: मधुर मिलन संघ, मिलन मोड़को तत्त्वावधानमा आयोजित ११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा कनकाई फूटबल क्लब (नेपाल)-ले फाइनलमा प्रवेश गऱ्यो। स्थानीय खेल मैदानमा बुधवार भएको पहिलो सेमिफाइनल म्याचमा कनकाई फूटबल क्लब (नेपाल)-ले सिक्किम पुलिसविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट दुवै गोल नीरज कार्की ले गरे। उनले म्याचको ३०औं र ७२औं मिनटमा गोल गरे। यसरी सिक्किम पुलिसको तर्फबाट सुराग छेत्री ले ८०औं मिनटमा गोल गरे। नीरज कार्की ले प्लेयर अव् द म्याच को पुरस्कार जिते। यस प्रतिष्ठित टुर्नामेण्टको ११औं संस्करणमा जम्मा १६ वटा नामी-दामी टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १२ जनवरी २०२५-मा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रुद्रलाल अधिकारी र कृष्ण कुमारी भण्डारी स्मृति विनर्स ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई शोभन सिंह खेरवार र तुलसी प्रसाद शर्मा स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। बिहीवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा नवांकुर संघ र मिलन समिति, कलकत्ताबीच भिड़न्त हुनेछ।