‘एक्टर: टेक वन’को गीत १० लाख भ्युज (हेर्नुहोस् भिडियो)

Hercules-Basnet

काठमाडौं: जनवरी २९ (माघ १६ गते) रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘के भरोसा गरम’ रिलिजको एक दिनमै युट्युबमा १० लाख नाघेपछि यसका सङ्गीतकार तथा गायक हर्कुलस बस्नेतले भाग्यमानी महसुस गरेको बताएका छन्। बस्नेतले सामाजिक सञ्जालमा पोस्ट लेख्दै एक्टर टिमसँग उभिन पाउँदा भाग्यमानी ठानेको बताएका हुन्। उनले भनेका छन्, “यो घोषणा गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ कि हाम्रो गीतले लगभग एक दिनमै एक मिलियन भ्यूज पार गरेको छ। जसले ममाथि आँखा बन्द गरेर विश्वास गर्नुभयो, आज म यो टिमसँग उभिन पाउँदा आफैँलाई भाग्यमानी र गर्व महसुस गरिरहेको छु।” एक्टर टिमलाई धन्यवाद दिँदै हर्कुलसले आफ्नो सृजना उत्कृष्ट स्तरमा पुऱ्याउन प्रेरित गरेकोमा आभार व्यक्त गरेका छन्।

“प्रदीप खड्कासँग यो मेरो पहिलो चलचित्र गीत हो, जो अत्यन्त बहुप्रतिभाशाली र साहसी छन्, र प्रतिस्पर्धात्मक पनि भन्नुपर्छ। आना सधैँ मेरो मन पर्ने र मेरो लागि भाग्यमानी व्यक्ति हुनुहुन्छ भन्ने मलाई लाग्छ। म राजबल्लभ कोइरालाको पुनरागमनका लागि शुभकामना दिन्छु, र उदाउँदै गरेको प्रतिभा दिव्यालाई पनि’’, हर्कुलसले लेखेका छन्। उनले यस गीतकी गायिका इन्दिरा जोशीलाई पनि सम्झे, “प्लेब्याक गायनमा तपाईँ जति बहु प्रतिभाशाली कोही छैन।” उनले गीतको मिक्सिङ गर्ने निश्चल भण्डारी र यस गीतकी रचनाकार समेत रहेकी आफ्नी श्रीमती उर्मिला गुरुङलाई समेत आफ्नो कल्पनाको चस्माबाट यो संसार अझ राम्ररी देख्न प्रेरित गरेकोमा धन्यवाद दिए।

यो गीत स्टुडियो डिएचबिमा उत्पादन गरिएको हो भने म्युजिक एरेन्ज पनि बस्नेत आफैँले गरेका हुन्। गीतमा सुपरस्टार प्रदीप खड्का तथा दुई नायिकाहरू आना शर्मा, र दिव्या रायमाझीको अभिनय छ। किरण थापाले कोरियोग्राफी गरेका छन्। कलर ग्रेडिङ राजेन्द्र मोक्तानको रहेको छ। चलचित्रको निर्देशन राजन भुसालले गरेका हुन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालको सहकार्यमा तयार गरिएको छ । चलचित्रमा प्रदिप, आना, र दिव्याका साथै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। ‘एक्टर: टेक वन’ अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति हो। यसका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की, र सह-निर्माता अनीश भुसाल रहेका छन्। छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement