जल निकासी व्यवस्था राम्रो नभएकोले रायगन्जको सेल्टाबारीका गाउँलेहरू समस्यामा

15-39-25-dfd4534a-ea54-424e-ad68-2ed8e8a9c4ee-1024x576.jpg

राजगञ्ज: जल निकासी व्यवस्था राम्रो नभएकोले राजगञ्ज खण्डको सेल्टरबारीको धेरै परिवारले समस्याको सामना गर्न परिरहेको छ। प्राप्त जानकारी अनुसार राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको सेल्टरबारी गाउँको लगभग २५ घर पानी पर्न साथ जलमग्न हुने गर्दछ। उक्त गाउँमा जल निकासीको लागि नाली भए तापनि यसको उचित व्यवस्था नगरिएकोले वर्षाको समयमा कम्ती पानी पर्दा पनि गाउँ जलमग्न हुने गरेको इलाकावासीहरूको आरोप रहेको छ। यस विषयमा ग्राम पञ्चायत सदस्यलाई बारम्बार अवगत गराए तापनि हालसम्म कुनै पहल गरेको छैन। पञ्चायत सदस्य बबिता मण्डल दासले भनिन्, यसबारे उच्च अधिकारीहरूलाई जानकारी गराइएको छ भने स्वीकृति पाउन साथ काम शुरू गरिनेछ। हाल जमेको पानी निकाल्ने प्रयास गरिरहेको तिनले बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement