पोखरा: पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिजो कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फका कानून व्यवसायीको बहस सकिएको छ।
दुई दिनदेखि सुरू भएको बहस हिजो सकिएको हो। हिजो अधिवक्ता नारायण घिमिरेले रविको पक्षमा बहस सुरू गरेका थिए। अब आज सरकारी वकिलहरूले प्रतिउत्तर दिनेछन्।