तकदाह: सरकारी मापदण्ड अनुरुप सरकारी रासन वितरण नगरिएको जनताबाट गुनासो आएपछि गोरामुमोले यस विषयलाई लिएर उच्च स्तरीय जाँच होस् भनी खण्ड विकास अधिकारीलाई भेटघाट गरेर ज्ञापनपत्र बुझाउने कार्य जारी राखेको छ। यसैक्रममा गोरामुमो तकदाह टिस्टा भेल्ली समष्टि अनि लप्चु पेशोक समष्टिले रंगली रंगलीयट खण्ड विकास अधिकारीसँग भेटघाट गरेर उक्त विषयलाई लिएर जानकारी दिएको तकदाह टिस्टा भेल्ली समष्टिका पार्टी अध्यक्ष सुदेश राईले जानकारी दिएका छन्। भेटघाटको क्रममा खण्ड विकास अधिकारीले उक्त विषयलाई लिएर गम्भीरतापूर्वक लिएको सातै चाँडै नै यसको छानबिन गर्ने वचन दिएको तिनले थप जानकारी दिएका छन्। उक्त प्रतिनिधि टोलीमा लप्चु पेशोक समष्टिका अध्यक्ष छिरिङ लामा, बिन्दु तामाङ लगायत समष्टिका प्रतिनिधिहरू उपस्थित थिए।