सन्दकफुमा हिमपात

IMG-20250108-WA0140

दार्जीलिङ: दार्जीलिङको सन्दकफुमा वर्षकै पहिलो हिमपात भएको छ। तापक्रम माइनस १ डिग्रीमा झरेको छ। जसका कारण दार्जीलिङ घुम्न आउने पर्यटकमा खुशीको लहर देखिएको छ। यहाँ पहाडमा हिमपातले तराईमा चिसो बढेको छ। सिलगढी र जलपाईगढीमा आज अत्याधिक चिसो छ र सूर्यको दर्शन भएनl दार्जीलिङ शहरमा बुधबार बिहानै न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियस मापन गरिएको यो हिमपात हेर्न पर्यटकहरु लाइनमा बसेका छन्।

यो वर्ष पहिलो पटक हड्डी चिसो चिसो परेको छ। मंगलबार रातिदेखि दार्जीलिङका धेरै क्षेत्रमा हिमपात भएको थियो, जसका कारण बुधबार बिहान पहाडमा हिउँ परेको थियो। योसँगै तापक्रममा पनि उल्लेख्य गिरावट आएको छ। दार्जीलिङमा हिउँ परेपछि पर्यटकहरु निकै खुशी भएका छन्। बाक्लो हिउँले ढाकिएको पहाडमा पर्यटकहरु खेलको रमाइलो गरिरहेको देखिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement