नयाँ दिल्ली: पूर्व ब्याटर सञ्जय माञ्जरेकरको भनाइअनुसार, भारतको अष्ट्रेलिया यात्रामा सरफराज खानलाई मौका दिइनु पर्ने थियो। सरफराज बोर्डर गावस्कर ट्रफीको निम्ति भारतीय टीमको हिस्सा भए पनि उनले पाँचवटा टेस्ट म्याचमा एउटामा पनि खेल्ने मौका पाएनन्। शुरुवातमा सरफराजले मीडलअर्डरमा खेल्ने आशा गरिएको थियो तर पूरा सीरीजमा उनले एउटा म्याचमा पनि मौका पाएनन्। सरफराजले मीडलअर्डरमा केएल राहुलको स्थानमा खेल्ने सम्भावना थियो तर पहिलो टेस्ट म्याचमा रोहित शर्मा नहुँदा राहुलले ओपनिंग गरे। यसैकारण सरफराजको स्थानमा शुभमन गिललाई खेलाइयो। त्यसपछि उनले पूरा सीरीजमा खेल्ने मौका पाएनन्। सरफराजले अहिलेसम्म ११ वटा टेस्ट ईनिंग्समा ३ वटा अर्द्धशतक र एउटा शतक बनाएका छन्। उनले आफ्नो पहिलो टेस्ट म्याचको दोस्रो ईनिंग्समा १५० रन बनाएका थिए तर न्यूजील्याण्डविरुद्ध घरेलु सीरीजमा उनले अधिक योगदान दिन सकेका थिएनन्। त्यस सीरीजमा भारत ०-३-ले पराजित भएको थियो।
माञ्जरेकरले भने, सरफराजलाई प्रथम श्रेणीको क्रिकेटमा असाधारण रेकर्डको निम्ति पुरस्कृत गरिएको थियो। उनले ३ वटा ५० र १५० रन बनाए तर त्यसपछि उनको प्रदर्शन औसत रह्यो। केही म्याचमा खराब प्रदर्शनपछि उनलाई प्रथम एकादशबाट नै बाहिर गरियो अनि मेरो विचारमा त्यो गलत फसेला थियो। अष्ट्रेलियामा सफल हुनु या नहुनु अलग कुरा हो तर सरफराज एउटा मौका पाउने हकदार थिए कारण उनीसँग घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटमा देखाउने लायक प्रदर्शन रहेको छ। अष्ट्रेलियाई पीचहरूमा सफल नहुने सोचको साथ उनलाई बाहिर राखियो तर उनमा रन बनाउने भोक रहेको छ अनि यो कुरा बुझ्नु पर्नेछ। उनले आवश्यकता परे थर्ड म्यान क्षेत्रमा पनि रन बनाउन सक्छन्। ईंग्ल्याण्डविरुद्ध सीरीजमा हामीले त्यसको एक झलक देखेका थियौं। त्यसै पनि अष्ट्रेलियाविरुद्ध सीरीजमा दिग्गजहरूलाई पनि संघर्ष गरिरहेको देखियो। त्यसैकारण सरफराजको साथ एउटा चान्स लिन अवश्यै सकिन्थ्यो।