क्याप सिक्किमको समन्वय सभा सम्पन्न

n646643632173627345531427d879f1148d344025cbcdb1b5e248ff568cc28563f300b2a66dcd925fa3c9f8

गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमको आज नाम्ची जिल्लाको बर्फुङ समष्टि अन्तर्गत बिरिङमा एक समन्वय सभा सम्पन्न भयो। उक्त बैठक नाम्ची जिल्ला अध्यक्ष डीबी गुरुङको अध्यक्षतामा सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ।
बैठकमा विद्यार्थी कल्याण परिषदका अध्यक्ष सहदेव छेत्री, रबिन राई (महासचिव-संगठन, नाम्ची जिल्ला), विजय राई (जिल्ला युवा परिषद् अध्यक्ष), सोनाम डाडुल लेप्चा (जिल्ला उपाध्यक्ष, नाम्ची) लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
बैठकमा बर्फुङ समष्टिमा पार्टीको रणनीति र आगामी योजनाहरूको विषयमा छलफल गरिनुका साथै क्षेत्रीय कार्यकारिणी समिति पनि चयन गरियो। तारा कुमार लिम्बूलाई समष्टि अध्यक्ष चयन गरिएको छ। यसैगरी, युवा कल्याण परिषद्, विद्यार्थी कल्याण परिषद् अनि महिला कल्याण परिषद्का कार्यकारिणी सदस्यहरू पनि चयन गरिएको छ।
बैठकमा आगामी २६ जनवरी गणतन्त्र दिवस तथा पार्टीको तेस्रो स्थापना दिवस धूमधामले मनाउने विषयमा विस्तृत छलफल गरियो। उपस्थित नेताहरूले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारीबारे सरसल्लाह गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement