गाईधारा वाहन दुर्घटनामा तीन जना गम्भीर घाइते

IMG-20240621-WA0012

गान्तोक: राष्ट्रिय राजमार्ग १० अन्तर्गत गाईधारामा एउटा वाहन दुर्घटनाग्रस्त भएर सड़कदेखि लगभग ४०० फुट तल झरेको छ। दुर्घटनाको चपेटमा परेर तीन जना गम्भीर घाइते भएका छन्।
घाइतेहरूलाई उपचारको निम्ति सीआरएच तादोङमा भर्ती गरिएको छ।
पुलिस रिपोर्ट अनुसार, सिङताम पुलिस थाना क्षेत्र अन्तर्गत गाईधारामा सोमवार राति एउटा महिन्द्र थार वाहन राष्ट्रिय राजमार्ग १० बाट लगभग ४०० फुट तल झऱ्यो। सिङतामबाट गान्तोकतिर आउने क्रममा ओभरटेक गर्दा चालकले नियन्त्रण गुमाइपठाएर वाहन दुर्घटनाग्रस्त भयो। वाहनमा चालकसहित तीन जना थिए र तीनै जनालाई गम्भीर चोट लागेको छ। घाइतेहरूलाई स्थानीय मानिसहरूको सहयोगमा सीआरएच तादोङ पुऱ्याइयो।
यस घटनाको सम्बन्धमा पुलिसले मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement