विधायक सतिश चन्द्र राईको उपस्थितिमा ग्रामसभामा

IMG-20250107-WA0250

नाम्ची: नाम्ची सिङ्गीथाङ निर्वीचन क्षेत्रका विधायक सतिशचन्द्रले आज मिखोला सिङ्गीथाङ ग्राम पञ्चायत यूनिटको विशेष ग्रामसभामा सहभागिता जनाए। विशेष गरेर ग्राम पञ्चायत डेभलोपमेन्ट प्लान तयारीको निम्ति आयोजित ग्रामसभाको अध्यक्षता पञ्चायत अध्यक्ष सुरेन राईले गरेका थिए।
मिखोला माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित सभामा अध्यक्ष सुरेन राईले स्वागत सम्भाषण राख्ने क्रममा अघिल्लो वर्षको योजना र स्रोतसाधनको विस्तृत प्रतिवेदन प्रस्तुत गर्दै २०२५-२६ को लागि प्रस्तावित वार्षिक योजनाहरू प्रस्तुत गरे। यसको साथै जिल्ला पञ्चायत कोष अन्तर्गत वित्त पोषित परियोजनाहरूको प्रगतिबारेमा अद्यावधिकहरू पनि साझा गरे।
सभामा स्थानीयवासी र पञ्चायत सदस्यहरू बीच सक्रिय संलग्नतालाई बढावा दिँदै खुलारूपमा छलफल पनि गरिएको थियो। सभामा विधायक सतिशचन्द्र राईले आफ्नो सम्भाषणमा पञ्चायतहरूद्वारा गरिएको प्रयास र जीडीपी २०२५-२६ लाई आकार दिन समुदायको सक्रिय सहभागिताको निम्ति प्रशंसा गर्दै धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement