प्रयागराज कुम्भमेलामा मुख्यमन्त्री तामाङले जनाउने उपस्थिति

IMG-20250107-WA0249

गान्तोक: उत्तर प्रदेशका सहकारी विभागका राज्यमन्त्री (स्वतन्त्र प्रभार) जेपीएस राठौर र पञ्चायतीराज मन्त्री ओमप्रकाश राजभरले आज बिहान मुख्यमन्त्री प्रेम सिंह तामाङसित उनको सरकारी आवास मिन्तोकगाङमा शिष्टाचार गरे।
भेटवार्ताको क्रममा उत्तर प्रदेशका मन्त्रीहरूले यसै महिना प्रयागराजमा आयोजना हुने महाकुम्भ मेलामा सहभागी हुन मुख्यमन्त्री प्रेमसिंह तामाङलाई औपचारिक रूपमा निमन्त्रणा दिए। यो मेला हरेक १२ बर्षमा प्रयागराजमा एक पल्ट आयोजना हुने एक महत्वपूर्ण आध्यात्मिक कार्यक्रम हो।
उत्तर प्रदेशका मन्त्रीहरूको निमन्त्रणाप्रति कृतज्ञता व्यक्त गर्दै मुख्यमन्त्री तामाङले आफ्नो सहभागिताको पुष्टि गर्दै सिक्किमबाट एक सांस्कृतिक टोली र आध्यात्मिक नेतृत्वहरू सहित एक प्रतिनिधिमण्डलको साथ उपस्थित हुने जानकारी गराए। यस्तो महत्त्वपूर्ण आध्यात्मिक जमघटमा भाग लिने अवसर प्राप्त भएकोमा आफू गौरवान्वित छु निमन्त्रणाको लागि मुख्यमन्त्रीले हार्दिक धन्यवाद अनि आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement