राज्यपालले गरे दिल्ली जाने सिक्किमको प्रतिनिधि टोलीलाई फ्ल्याग अफ्

IMG-20250107-WA0248

गान्तोक: राजभवनमा आयोजित एक कार्यक्रमबीच राज्यपाल ओम प्रकाश माथुरले “विकसित भारत यङ लिडर्श डायलग कार्यक्रम” को निम्ति सिक्किबाट विभिन्न वर्गमा छनौट भएका युवाहरूलाई सम्बोधन गर्दै हरियो झण्डा देखाएर प्रस्थान गराए। यस प्रतिनिधि टोलीले आगामी १२ जनवरीको दिन भारत मण्डपनमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संवाद कार्यक्रममा सिक्किम राज्यलाई प्रतिनिधित्व गर्नेछ।
यस अवसरमा राज्यपालले हजारौं मध्ये प्रतियोगिताबाट छनौट भएका युवाहरूलाई हार्दिक बधाई दिँदै उनीहरूलाई विकसित भारत २०४७ ध्वजवाहक कार्यक्रमबारे जानकारी गराए। प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा युवाहरूलाई सशक्तिकरणको निम्ति शुरू गरिएको यस कार्यक्रमले विकसित भारतको सपनालाई साकार गर्नमा सहयोग पुग्ने राज्यपालले बताए।
राज्यपाल माथुरले यस कार्यक्रम आयोजनाको निम्ति सिक्किम सरकारको खेलकूद एवं युवा मामिला विभागको प्रयासको सराहना गरे। यस प्रकारको कार्यक्रमले छात्रहरूमा नेतृत्व क्षमता, संवाद अनि कौशलको विकास हुने उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement