टेस्ट क्रिकेटमा कोहली-रोहितको भविष्य चयनकर्ताहरूमाथि निर्भर रहेको गावस्करको विचार

IMG-20250107-WA0243

नयाँ दिल्ली: भारतका महान क्रिकेटर सुनिल गावस्करले टीमको खराब प्रदर्शनको गहन समीक्षाको गर्नु पर्ने माग गर्दै विराट कोहली र रोहित शर्माको टेस्ट क्रिकेटमा भविष्य अब सम्पूर्ण रूपले चयनकर्ताहरूका हातमा रहेको मत व्यक्त गरे। गावस्करले एउटा साक्षात्कारमा रोहित र कोहलीको भविष्यबारे भने, उनीहरू कति समयसम्म टीममा रहनेछन् भन्ने कुरा चयनकर्ताहरूले फसेला गर्नेछन्। अहिले भारत डब्ल्यूटीसी (वर्ल्ड टेस्ट च्याम्पियनशीप) फाइनलको रेसबाट बाहिर भइसकेको छ। अब ती कारणहरूमाथि विचार गर्नु जरूरी छ, जसले भारतलाई लगातार तेस्रोपल्ट फाइनलखेल्नदेखि वञ्चित गऱ्यो। उल्लेखनीय छ, भारतले डब्ल्यूटीसी को शुरुवातदेखि यसपाली पहिलोपल्ट फाइनलमा स्थान बनाउन सकेन। बोर्डर गावस्कर ट्रफी टेस्ट सीरीजमा अष्ट्रेलियाविरुद्ध १-३ ले हारको साथ भारतको चुनौती समाप्त भयो। यस साथमा भारतले गत एक दशकमा पहिलोपल्ट बोर्डर गावस्कर ट्रफी पनि गुमायो। यस हारको मुख्य कारण सीनियर ब्याटरहरूका निराशाजनक प्रदर्शन रह्यो। कोहलीले ९ वटा ईनिंग्समा एउटा अविजित शतकको साथ १९० रन बनाए जबकि रोहितले ५ वटा ईनिंग्समा केवल ३१ रन बनाउन सके। गावस्करले भने, गत केही महिनामा हाम्रो ब्याटिंग विफल रहेको छ अनि यो कुरा स्पष्ट छ। यसैकारण हामीले जित्नु पर्ने म्याचहरू पनि गुमायौ। टीमको असफलतापछि यो मुख्य कारण रह्यो। यसैकारण ईंग्ल्याण्डमा जून महिना शुरु हुने डब्ल्यूटीसी-को नयाँ चक्रको निम्ति टीममा फेरबदलको आवश्यकता रहे चयनकर्ताहरूले ध्यान दिनु पर्नेछ। उनीहरूले २०२७-मा फाइनलसम्म कुन-कुन खेलाड़ी टीममा रहनेछन् भन्ने उनीहरूले तय गर्नु पर्नेछ अनि त्यही अनुसार चल्नु पर्नेछ। गावस्करले घरेलु क्रिकेटमा केही खेलाड़ीहरूले असल प्रदर्शन गरिरहेको अनि उनीहरूलाई उचित मौका दिने काम चयनकर्ताहरूको रहेको बताए। उनले भने, युवा खेलाड़ीहरूलाई मौका दिनु पर्नेछ। उनीहरूलाई मौका नदिइएसम्म रणजी ट्रफीमा असल प्रदर्शन गर्ने खेलाड़ीहरूले अन्तर्राष्ट्रिय मञ्चमा असल प्रदर्शन गर्नेछन् या छैनन् भन्ने थाहा नै लाग्नेछैन। यसको साथमा उनले नीतिश कुमार रेड्डी जस्ता प्रतिभालाई अघि ल्याएकोमा चयन समितिको सराहना पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement