दार्जीलिङ: लामा गाउँ वेलफेयर सोसाइटी, दार्जीलिङको तत्त्वावधानमा आयोजित प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टमा मानेभञ्ज्यांग फूटबल क्लबले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। मंगलवार भएको म्याचमा मानेभञ्ज्यांग फूटबल क्लबले झापा इलेवेन (नेपाल)-विरुद्ध पेनल्टी शूटआउटमा ८-७-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। विजेता टीमका तुषार बीके ले प्लेयर अव् द म्याचको पुरस्कार जिते। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २० र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २६ जनवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









