२८० ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ

IMG-20250107-WA0197(1)

सिलगढी:  सिलगढी मेट्रोपोलिटन पुलिसको विशेष अभियान समूहले लागुऔषध विरोधी अभियानमा ठूलो सफलता हात पारेको छ। बागडोग्रा पुलिस चौकीसँगको विशेष अपरेशन समूहले बागडोग्राको हाँसखोया मोड इलाकाबाट २८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। सिलगढी मेट्रोपोलिटन पुलिस स्रोतका अनुसार सोमबार साँझ स्पेशल अपरेशन ग्रुप र बागडोग्रा पुलिसलाई २८० ग्राम ब्राउन सुगरसहित दुई युवा हाँसखोया मोड नजिकैको इलाकामा कसैलाई पर्खिरहेको खबर प्राप्त भएको थियो। यसबारे जानकारी प्राप्त हुनासाथ विशेष अपरेशन ग्रुप र बागडोग्रा पुलिसको टोलीले अपरेशन शुरु गरेर २८० ग्राम ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरियो। पक्राउ पर्नेमा टिपु सुल्तान र सुजन साह रहेका छन्। बागडोग्रा पुलिस स्टेशनको पुलिस स्रोतका अनुसार टिपु सुल्तानको घर बागडोग्रामा र सुजन साहको घर मालदाको कालियाचकमा छ। पक्राउ परेका दुवै युवकले मोटरसाइकलमा लागुऔषध तस्करी गरिरहेको आरोप छl बीएनएस ऐन अनुसार सिलगढीका मजिस्ट्रेट स्तरका पुलिस अधिकारी एसीपी देवाशिष बोसको नेतृत्वमा बागडोग्रा थानाको पुलिसले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै युवकलाई मंगलबार सिलगढी अदालतमा पेश गरियो। पक्राउ परेका दुवै युवाले लागुऔषध कहाँबाट संकलन गरे र कसलाई बेच्ने तयारीमा थिए भन्नेबारे पुलिसले अनुसन्धान शुरु गरेको छ। -न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement