क्षेत्रीय सभासद एंव जीटीएकोनडेपुटी चेयरम्यान राजेस चौहानद्वारा अग्नि पिढीत परिवारलाई भेटघाट साथै राहत सामग्रीहरु वितरण

IMG-20250107-WA0226

सोनादा: आज रङबुल धोतरिया रङमुक समष्टिका सभासद एंव डेपुटी चेयरम्यान राजेश चौहान मिलिङ चियाबारी पुगेर अग्नीपिडित परिवारलाइ राहत समाग्रीहरु प्रदान गरेका छन्। गत आइतबार राती तल्लो कलेज भेल्ली मिलिङ चियाबारीमा मगन गुरुङको घर जलेर खरानी भएको थियो। उक्त घर जलेको खबर राती नै प्राप्त गरे तापनि आफू बाहिर रहेकोले आउन नसकेको जनाउँदै उक्त दिन स्थानीय पञ्चायत समिती सदस्य, ग्राम पञ्चायतका सदस्यहरुलाई घटनास्थलमा सहयोगको निम्ति पठाएको पनि चौहानले बताएका छन्। चौहानले जीटीएबाट पनि सम्पूर्ण औपचारिकता पूरा भएपछि पिडित परिवारलाई सहयोग राशि प्रदान गरिने पनि बताएका छन्‌। मिलिङ चियाबारीमा‌ अग्नि पिढीत परिवारलाई भेट्न जाँदा क्षेत्रीय सभासद एंव डेपुटी चिफ् राजेस चौहानसितै धोत्रे ग्राम पञ्चायतको पञ्चायत समिति सदस्या हेमलता प्रधान र पञ्चायत सदस्य सजन तामाङ पनि उपस्थित रहेका थिए। यस भ्रमण र राहत सामग्रीहरु वितरण विषयमा पत्रकारहरुसित कुराकानी गर्दै धोत्रे ग्राम पञ्चायतको पञ्चायत सदस्य सजन तामाङले गत आईतवार आगलागीको घटना चाल पाउनसाथ तत्कालै सबैलाई जानकारी गराएको र भोलिपल्ट नै ग्राम पञ्चायत प्रधान र पञ्चायत सचिव आएर राहत सामग्रीहरु प्रदान गरेको जानकारी गराएका छन्‌‌। उनले आज क्षेत्रीय सभासद एंव जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले अग्नि पिढीत परिवारलाई भेट्न आएको र उनले अग्नि पिढीत परिवारलाई राहत सामग्रीहरु अन्तर्गत ओढ्ने ओछ्याउने र खाद्य सामग्रीहरु प्रदान गरेको साथै जीटीएबाट पनि अग्नि पिढीत परिवारलाई सहयोग गर्ने वचन दिएको बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement