खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत २ को खहरे र गोथल्स साइडिङ्ग क्षेत्रमा आजदेखि स्ट्रिट लाइट लगाउने कार्य शुरू गरिएको छ। उक्त स्ट्रिट लाइट सन्त मेरिज ग्राम पञ्चायत दुईको लोवर खहरे, मिडल खहरे र गोथल्स साइडिङ्ग क्षेत्रमा गरी जम्मा ६ वटा स्ट्रिट लाइट लगाउने कार्य सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै आगामी दिनमा सन्त मेरिज ग्राम पञ्चायत दुईको विभिन्न स्थानहरुमा २० वटा जति स्ट्रिट लाइटहरु लगाउने कार्य गरिने भएको पनि जानकारी प्राप्त भएको छ। यस विषयमा यसे पत्रकारहरुसित कुराकानी गर्दै सन्त मेरिज ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान सहदेव तामाङले सन्त मेरिज ग्राम पञ्चायत दुईको विभिन्न स्थानहरुमा जम्मा २० वटा स्ट्रिट लाइटहरु लगाउने कार्य गरिने र एउटा संसदमा ३ वटा स्ट्रिट लाइट लगाउने कार्य गरिने जानकारी गराएका छन्। उनले आजदेखि खहरे र गोथल्स साइडिङ्ग क्षेत्रमा ६ वटा स्ट्रिट लाइटहरु लगाउने कार्य सम्पन्न गरिएको जानकारी गराएका छन्। उनले अब विस्तारै सिंगेल, कफिबारी, सन्त मेरिज क्षेत्रमा पनि स्ट्रिट लाइट लगाउने कार्य गरिने बताएका छन्। त्यसरी नै पञ्चायत सदस्या रेशमा दियालीले आजदेखि ६ वटा स्ट्रिट लाइटहरु लगाउने कार्य सम्पन्न गरिएको जानकारी गराउँदै यसमा लोवर खहरे, मिडल खहरे र गोथल्स साइडिङ्ग क्षेत्रको गाउँहरुमा स्ट्रिट लाइट लगाउने कार्य सम्पन्न गरिएको जानकारी गराएकी छन्।