खरसाङ: आज २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको वार्ड नम्बर १० को तामाङ गुम्बामुनि झोडा विगतको पानी झरीले ठूलो पैह्रो गएकोले अहिले मरमत्ति कार्य लगभग समाप्त भएको छ। उक्त कार्यको आज २८ नम्बर समष्टिको सभासद श्याम शेर्पा अनि टोलीले निरीक्षण गरेका छन्। उक्त टोलीमा सभासद श्याम शेर्पा, चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य दिनेश तामाङ, वार्ड नम्बर १० काे पूर्व पार्षदिका डोल्मा जिम्बा, महकुमा नारी शक्ति अध्यक्षा सविता कार्की, युनिट अध्यक्ष महिपाल खाती साथै अन्य प्रतिनिधि एंव समष्टि युवा सदस्य महेश राई अनि रुपेश देवान उपस्थित रहेका थिए। यसको साथै खरसाङ सिँचाई विभागका अभियान्ता जितु दर्नाल अनि सह अभियान्ता सुनिता लामा पनि उपस्थित रहेको थिए। उक्त टोलीले गाउँवासीसित पनि भेटघाट गरेर पैह्रोकाे कार्य विषय जानकारी लिएका छन्। यस विषयमा सबैले काम एकदमै गुण स्तरीय भएको र काम सम्बन्धित सबै खुशी भएको जानकारी पाएको बताएका छन्। यस कार्यको लागि जीटीए चिफ् अनित थापा क्षेत्रीय सभासद श्याम शेर्पा, विभागीय अधिकारीहरुलाई धन्यवाद दिएका छन्। यस विषयमा क्षेत्रीय सभासदले जानकारी गराए अनुसमर गत वर्ष जुलाई महिनामा ठूलो पानी परेकोले गर्दा वार्ड नम्बर १० काे गुम्बा झोडामा ठूलो पैह्रो गएकाे थियो भने ५-६ वटा घरहरुलाई धेरै खतरा भएको थियो। वार्ड नम्बरब १० काे प्रतिनिधिहरुले धेरै कुदी-कुदाई गरेर हामीले पनि आफ्नो सक्दो प्रयास साथै जीटीए चिफ् अनित थापाकाे सहयोगले तुरुन्तै कार्यकाे थाल्नी भयो। ठेकेदार सोनाम भोटियाले काम पासै नभई बाँकीमा काम शुरु गरिदिए अनि आज आएर काम एकदमै गुणस्तरमा भएको हामीले पायौं भनी बताएका छन्। यस विषयमा सभासद श्याम शेर्पाले नभएको काम भएन भन्नेहरुले गरेको कामलाई गरेको भन्नु पनि सक्नुपर्छ भनी बताएका छन्।