रेलिंग च्याम्पियन्स ट्रफीः लंगूरदांग गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको एकतर्फी जीत

Screenshot_20250107_183536_FotoCollage Maker

दार्जीलिङ: रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको पाँचौं सीजनमा लंगूरदांग गेम्स एण्ड स्पोर्ट्स एसोसिएशन (एलजीएसए)-ले एकतर्फी जीतको साथ क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। मंगलवार भएको म्याचमा एलजीएसए-ले छुजाचेन स्पोर्ट्स एकाडमी (सिक्किम) विरुद्ध ६-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट रोशन राईले ५ गोल गरे। अन्य एउटा गोल करण राईले गरे। यसरी छुजाचेन स्पोर्ट्स एसोसिएशनको तर्फबाट बिशाल गौतमले गोल गरे। विजेता टीमका रोशन राईले प्लेयर अव् द म्याचको ट्रफी जिते। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ।यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement