१८औं सुकना गोल्ड कपः जर्जियन फूटबल क्लब प्री-क्वार्टर फाइनलमा पुग्न सफल

photocollage_202517182711882

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा जर्जियन फूटबल क्लबले प्री-क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत मंगलवार सुकना हाई स्कूल मैदानमा खेलिएको म्याचमा जर्जियन फूटबल क्लबले दार्जीलिङ पुलिसविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट प्रबीण सुब्बाले २०औं र नोएल सेवाले 83औं मिनटमा गोल गरे। विजेता टीमका नोएल सेवाले प्लेयर अव् द म्याच को पुरस्कार जिते। बुधवार खेलिने म्याचमा युनाइटेड खरसाङ फूटबल क्लब र विधान नगर एमएसए, कलकत्ताबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको १८औं संस्करणमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। १८औं सुकना गोल्ड कप फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement