बलात्कारको आरोपमा बिर्तामोडका पूर्वमेयर जेल चलान

IMG-20250107-WA0196

बिर्तामोड़: घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी जेल चलान भएका छन्। झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो। आज भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका स्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए। शिवाकोटीको स्वास्थ्य अवस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको सिंहले बताए। हिजो शिवाकोटीसँग बयान लिइएको थियो। शिवाकोटीको पक्षमा अशोक पोखरेल, गजेन्द्र आचार्य, टंक उप्रेती, बालकुमार कटवाललगायतका कानुन व्यवसायीहरुले बहस गरेका थिए। घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेकै दिनदेखि बीएण्डसी अस्पतालमा राखेको थियो। प्रहरीले उनलाई गत मंसिर २४ गते (दिसम्बर ९) मा पक्राउ गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement