जीटीएबाट प्रदान गरिने पुरस्कार अलङ्करण समारोह १३ जनवरीमा खरसाङको गाडीधुरामा गरिने

IMG-20250107-WA0178

खरसाङ: जीटीएको सूचना अनि सांस्कृतिक विभागको आयोजनामा सम्पन्न हुने पुरस्कार अलङ्करण समारोह आगामी १३ जनवरीको दिन खरसाङ खण्ड अन्तर्गत तराईको गाडीधुरामा सम्पन्न हुने जानकारी जीटीए सूचना अनि सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापाले दिएका छन्। यो पुरस्कार अलङ्करण समारोह सिलगढीस्थित दिनबन्धु रङ्गमञ्चमा गरिने भनिए तापनि कतिपय कारणवश गाडीधुरामा गरिने निर्णय लिएको थापाले जनाएका छन्। उनले भने-‘हामीले सिलगढीको दीनबन्धु रङ्गमञ्चमा कार्यक्रम गरेर हाम्रो वीर पूजा अन्य समुदायलाई पनि थाहा होस् भन्न चाहेको औ त्यस कार्यक्रममा बंगला साहित्यका साहित्यकारहरूलाई पनि बोलाइएको थियो। तर केही व्यक्तिहरूको गुनासो तथा आग्रहलाई ध्यानमा राखेर साथै हाल पहाडको चिसो मौसमको कारण हाम्रा धेरैजसो मानिसहरू मधेसतिरै भएकोले पनि गाडीधुरामा आगामी १३ जनवरीको दिन गरिने निर्णय लिइएको हो।’
उनले यस कार्यक्रममा साहित्य, संगीत, कला तथा नाटक विधामा विगत धेरै वर्षदेखि सेवा पुऱ्याइरहेका हाम्रा विशिष्ट व्यक्तिहरूलाई सम्मान जनाइने जनाउँदै त्यस कार्यक्रममा सबैलाई उपस्थित भइदिने आग्रह गरेका छन्। यसपाली जीटीएबाट प्रदान गरिने पुरस्कारहरुमा साहित्यमा मिरिकका वरिष्ठ साहित्यकार एंव कवि विचन्द्र प्रधानलाई पुरस्कार प्रदान गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement