जीटीए आइडलमा भाग लिने समष्टिका प्रतियोगीहरूको शुल्क सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान अनि उपप्रधानले दिने

IMG-20250107-WA0174

खरसाङ: जीटीए आइडल गायन प्रतियोगितामा भाग लिन चाहने खरसाङको पंखाबारी अम्बटे लङ्भ्यू समष्टिका प्रतियोगीहरूको प्रवेश शुल्क एक सय रूपियाँ सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन अनि उपप्रधान सन्तोष तामाङले दिने भएका छन्। यसबारे जानकारी दिँदै सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान तथा भागोप्रमो पंखाबारी अम्बटे लङ्भ्यू समष्टि अध्यक्ष मणिराज डुम्जनले तिनीहरू जनताको प्रतिनिधि भएको कारणले आफ्नो दायित्व सम्झेर तथा आफ्ना समष्टिका नवोदित कलाकारहरूलाई विशेष प्रोत्साहन दिने उद्देश्यले उनीहरूको शुल्क तिरिदिने निर्णय लिएको जनाए। संगीत विश्वको प्राण हो औ सङ्गीतले शान्ति पनि ल्याउँछ भन्दै डुम्जनले समष्टिको अडिसन आगामी २५ जनवरीमा हुने जनाउँदै यस अडिसनमा धेरैभन्दा धेरै प्रतियोगीहरूले भाग लिने आग्रह गरेका छन्। सन्त मेरिज तीन ग्राम पञ्चायत उपप्रधान सन्तोष तामाङले जीटीए मुख्य कार्यपाल अनित थापाले यस प्रकारको सोच राखेर जसरी हाम्रा गाउँ घरका प्रतिभाहरूलाई माथि उठाउने कार्य गरेका छन् त्यसको निम्ति हामीले उनलाई धन्यवाद दिनुपर्छ भन्दै धन्यवाद दिए औ उनको यस महत कार्यमा आफूहरूको पनि केही सहयोग र सहभागिता होस् भन्ने हेतुले समष्टिका प्रतियोगीहरूको प्रवेश शुल्क आफूहरूले दिने निर्णय लिएको बताए औ यस कार्यमा समष्टिका सबै जनताको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। तिनले २५ तारीख सम्पन्न हुने अडिसनको निम्ति सबैलाई तयार रहने आग्रह पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement