सिलगढी: चम्पासरी़ नेपाली साहित्य परिषद् दूरा परिषद्को १७औं मासिक कार्यक्रम सोमबार सम्पन्न गरियो। परिषद्की अध्यक्ष श्रीमती सुषमा मोक्तान गुरुङद्वारा अध्यक्षता गरिएको समारोहमा प्रमुख अतिथिका रुपमा बरिष्ठ साहित्यकार युवराज काफ्ले, बिशिष्ट अतिथि मणि कुमार शर्मा उपस्थित थिए। कार्यक्रमको प्रारम्भमा अध्यक्ष, प्रमुख अतिथि, बिशिष्ट अतिथि लगायत सबै सदस्यहरूले “माता” सरस्वती देवीको तस्वीरमा पूजा अर्चना गरिएको थियो। त्यसपछि कविता वाचनको क्रममा श्रीमती निर्मला न्यौपाने, रत्ना चौंलागाईं, लिला जोशीले प्रस्तुत गरेकी थिइन्। यसरी नै श्रीमती मुना बरालद्वारा गहन लेख प्रस्तुत गरिएको थियो भने श्रीमती अमिता जी. अणु थापाले आफ्नो मुक्तक प्रस्तुत गरेकी थिइन्। समारोहलाई श्रीमती शुशिला शर्मा, मणि कुमार शर्मा, युवराज काफ्लेलगायत अध्यक्ष श्रीमती सुषमा मोक्तान गुरुङले आफ्नो सम्भाषण प्रस्तुत गरेका थिए। सिलगढीको चम्पासरी़-मिलन मोड पथ अवस्थित बाबुबासाको दुर्गा मन्दिरमा भवनमा आयोजित कार्यक्रमको स़ञ्चालन दिवाकर शर्मा ढुंगेलद्वारा गरिएको थियो।