नयाँ दिल्ली: स्टार ओपनर स्मृति मन्धनालाई हरमनप्रीत कौरको अनुपस्थितिमा भारतीय महिला क्रिकेट टीमको कप्तान नियुक्त गरिएको छ। मन्धनाले १० जनवरीदेखि राजकोटको निरञ्जन शाह स्टेडियममा आयरल्याण्डविरुद्ध शुरु हुने तीनवटा वनडे म्याचको सीरीजको निम्ति कप्तानको भूमिका निर्वाह गर्नेछिन्। हरमनप्रीत कौर र रेणुका सिंह सिंह ठाकुरलाई विश्राम दिइएपछि मन्धनाले तेजल हसबनीस, प्रिया मिश्रा र राघवी बिष्ट जस्ता युवा खेलाड़ीहरूकी प्रतिभाशाली टीमको अगुवाई गर्नेछिन्। वेष्ट इण्डिजविरुद्ध घरेलु सीरीजमा ३-० ले जीतपछि भारत आत्मविश्वासको साथ मैदानमा ओर्लिनेछ। आयरल्याण्डविरुद्ध तीनवटा वनडे म्याच क्रमशः १०, १२ र १५ जनवरीमा खेलिनेछ। मन्धनाले भनिन्, यो हाम्रो निम्ति बेञ्च स्ट्रेन्थ जाँच्ने असल मौका हुनेछ। सबै खेलाड़ीहरू प्राप्त भएको मौकाको फाइदा उठाउन उत्सुक छिन्।
आयरल्याण्ड विरुद्ध वनडे सीरीजको निम्ति भारतीय टीम यसप्रकार छः
स्मृति मन्धना (कप्तान), दीप्ति शर्मा (उपकप्तान), प्रतिका रावल, हरलीन देयोल, मिन्नू मणि, प्रिया मिश्रा, तनुजा कंवरे, तितास साधु, साइमा ठाकोर, सयाली सतघरे, जेमिमा रोड्रिग्स, उमा छेत्री (विकेटकीपर), रिचा घोष (विकेटकीपर), तेजल हसबनीस, राघवी बिष्ट