मणिपुरमा डब्ल्यूवाई ट्याबलेट तथा ब्राउन सुगरका साथ दुई पक्राउ

IMG-20250106-WA0004

चुराचाँदपुर(मणिपुर): चुराचाँदपुर थाना क्षेत्र अन्तर्गत खूगा, मत्ता गाउँमा सुरक्षा बलहरूले एक चार चक्के गाड़ीबाट संदिग्ध डब्ल्यूवाई ट्याबलेट तथा ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४५बर्षीय पी. थांगखानलाम र ३२ बर्षीय मंगलियानखुप रहेका छन भने उनीहरूको साथबाट ६० वटा साबुन केसमा संदिग्ध ब्राउन सुगर (अन्दाजी ७७६ ग्राम) तथा ५३७ डब्ल्यूवाई ट्याबलेट (अन्दाजी ६०ग्राम) बरामद गरिएको छ । सुरक्षा बलले एउटा चार चक्के वाहनलाई पनि नियन्त्रण गरेको छ। घटनाको अग्रिम जाँच जारी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement