गुवाहाटीमा भाजपा नेताको सड़क दुर्घटनामा मृत्यु, घटना संदिग्ध

sentinelassam-english_2025-01-06_4tko5w55_Assam-BJP-leader-Kamal-Dey-found-dead-in-Guwahati

गुवाहाटी(असम): भाजपा गुवाहाटीका जालुकबाड़ी मण्डल अध्यक्ष कमल डे-को
आइतवार राती सड़क दुर्घटनामा मृत्यु भएको छ। सो घटना पाण्डुको शंकर नगर क्षेत्रमा भएको हो जतिबेला तिनी स्कुटी सवार भएर गइरहेका थिए।
गम्भीर रूपमा घाइते अवस्थामा तिनलाई स्वागत अस्पतालमा लगिए जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरे।
घटनालाई लिएर पुलिस आयुक्त पार्थसारथी महन्तले छानबिन शुरू गरेका छन्, सो दुर्घटनालाई लिएर संदिग्ध रहेको बताइँदैछ। भाजपाका वरिष्ठ नेताहरूले कमल डेको असामयिक मृत्युप्रति गहिरो शोक व्यक्त गरेका छन्। उनीहरुले भने, पार्टीले एकजना सक्रिय तथा जन स्तरका कार्यकर्तालाई गुमाएको छ। पार्टीले शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्दै दिवंगत आत्मको शान्तिको लागि प्रार्थना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement