नरेश छेत्री ‘विकसित भारत- युवा नेताहरूको संवाद’ कार्यक्रमका एक सञ्चालक चयनित

IMG-20250106-WA0320

गान्तोक: राष्ट्रिय युवा सांसद पुरस्कार २०२३ प्रापक सिक्किमका नरेश छेत्री प्रतिष्ठित ‘विकसित भारत- युवा नेताहरूको संवाद’ कार्यक्रमको निम्ति एक सञ्चालकको रूपमा चयनित भएका छन्।
उक्त कार्यक्रम नयॉं दिल्लीको भारत मण्डपममा १० देखि १२ जनवरी, २०२५ सम्म हुनेछ।
कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य अतिथि रहनेछन् भने देश-विदेशबाट विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ। एसकेएम पार्टीको युवा शाखाका संयुक्त सचिवसमेत रहेका नरेश छेत्रीले भारतको जी२० अध्यक्षतामाथि संसदमा दिएको प्रभावशाली भाषणका कारण उक्त अवसर पाएको एसकेएम पार्टीले विज्ञप्तिमा बताएको छ।
उनको असाधारण वक्तृत्व कौशल, विश्वव्यापी मुद्दाहरूको गहिरो बुझाइ, र युवाहरूलाई प्रेरित गर्ने उनको क्षमताले उनलाई राष्ट्रिय मान्यता साथै यो उल्लेखनीय अवसर दिलाएको विज्ञप्तिमा उल्लेख छ। सिक्किम र एसकेएम युवा शाखाको प्रतिनिधिको रूपमा छेत्रीले राज्य र राष्ट्रका युवाहरूको लागि नेतृत् र उत्कृष्टताको उदाहरण स्थापित गरिरहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement