मुख्यमन्त्री र राज्यपाललाई महाकुम्भको निमन्त्रणा

IMG-20250106-WA0316

गान्तोक: आगामी १३ जनवरीदेखि २६ फरवरीसम्म प्रदेशको प्रयागराजमा आयोजना हुने महाकुम्भको तयारी हाल युद्धस्तरमा भइरहेको छ। उत्तरप्रदेश सरकार साथै भारत सरकार पनि कुम्भ मेलाको भव्य तयारीमा जुटेको छ। यसपल्टको महाकूम्भमा ४५ करोड़ श्रद्धालु एवं अतिथिहरूको आगमन हुने अनुमान लगाइएको छ। मेलामा देश-विदेशबाट अतिथिहरू आउनेछन्।
यसै क्रममा हिमाली राज्य सिक्किमबाट पनि अधिकतम सङ्ख्यामा श्रद्धालुहरूलाई आयोजकपक्षले महाकुम्भमा निम्ताएको छ। मेला आयोजकपक्षले राज्यका सर्वसाधरणदेखि मुख्यमन्त्री र राज्यपाललाई समेत निताएका छन्। यसको निम्ति उत्तर प्रदेश सरकारका सहकारिता राज्यमन्त्री (स्वतन्त्र प्रभार) जेपीएस राठौर र पञ्चायती राज मन्त्री ओम प्रकाश राजभार सिक्किम आएको छन्।
उत्तर प्रदेश सरकारका मन्त्रीहरूले आज राजधानीमा हिन्दु धर्मावलम्वी श्रद्धालुहरूसँग भेटघाट गरे भने मुख्यमन्त्री प्रेमसिंह तामाङ र राज्यपाल ओम प्रकाश माथुरसँग पनि भेट गरेर कुम्भमेलाको निम्ति आधिकारिक निमन्त्रणा दिने उनीहरूको कार्यक्रम रहेको छ। पत्रकारलाई सम्बोधन गर्दै मन्त्री राठौरले प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा आयोजना हुने महाकुम्भ अवधिभरि ४५ करोड भन्दा अधिक तीर्थयात्री साथै पर्यटकहरूले भ्रमण गर्ने अनुमान रहेको जसको निम्ति सबै आवश्यक व्यवस्था गरिएको बताए। विशेष गरेर यस महाकुम्भमा आगन्तुकहरूको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर आधुनिक तक्निकीलाई अधिकतम प्रयोगमा ल्याइएको उनले थप बताए।
४५ दिनसम्म निरन्तर चल्ने यस महाकुम्भ देशको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो र व्यवस्थित महाकुम्भ हुने मन्त्री राठौरको दावी रहेको छ। कार्यक्रमको तयारीलाई उत्तर प्रदेशका मुख्यमन्त्री अदित्यनाथ योगीले नजिकबाट नियालीरहेको हुनाले यो महाकुम्भ विशेष रहने उनले थप बताए। कार्यक्रममा सर्वसाधरणलगायत विशेष गरेर सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ र राज्यपाल ओम प्रकाश माथुरलाई आधिकारिक रुपमा निमन्त्रणा दिन आफूहरू गान्तोक आएको बताउँदै चाँड़ै मुख्यमन्त्री र राज्यपालसँग भेट गर्ने जानकारी गराए।
मन्त्री राठौरले जानकारी गराएअनुसार कुम्भ मेलामा आउने पर्यटक साथै तीर्थयात्रीहरूको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै ४ हजार हेक्टरमा आवस निर्माण गरिएको छ भने तीर्थ यात्रीहरूको निम्ति ३ हजारवटा रेल र धेरै सङ्ख्यामा बस चलाउने योजना रहेको छ। यसको साथै कार्यक्रममा आउने मानिसहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै ४ सय जना डाक्टरहरूलाई लिएर एउटा अस्थायी अस्पतालको निर्माण गरिएको छ जसमा रोगीहरूको निम्ति सबै प्रकारको सुविधा उपलब्ध गराउनेछ। यसरी नै १०१ वटा स्मार्ट पार्किङ निर्माण गरिएको छ भने अन्य अरू पनि धेरै सुविधाहरू जड़ान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement