युद्धविराम सम्झौताअन्तर्गत ३४ जना बन्दी रिहा गर्न हमास सहमत

00-1-war-representative-image

हमासले गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ जना बन्दीलाई रिहा गर्न सहमत भएको छ। कतारमा इजरायल र हमासका अधिकारीहरुबीच युद्धविरामका विषयमा वार्ता जारी रहँदा हमासले हाललाई ३४ जना बन्धक छोड्न राजी भएको छ। इजरायलसँगको सम्भावित सम्झौताअनुसार, पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमत भएको हमासका अधिकारीले जनाएका छन्। यद्दपी हमाससँग युद्धविराम भएको बारे इजरायली श्रोतले पुष्टि गरेको छैन। हमासले रिहा गर्ने भनिएका ३४ जना बन्धकमध्ये महिला, बिरामी परेका र पाको उमेरका बन्धक रहेको जनाइएको छ। हमासले ३४ जना रिहा गर्ने सूची तयार पारेको जनाएपनि इजरायलाई सुची उपलब्ध गराएको छैन। हमासले आफ्नो कब्जामा रहेकाहरुमध्ये कतिपयको इजरायली हवाई आक्रमणका क्रममा मारिएको दाबी गरेको छ। इजरायलले गाजा पट्टीमा आक्रमण बढाएको बेला फेरि युद्धविरामको विषयमा वार्ता शुरु भएको छ। हमासको कब्जामा रहेका नेपालका विपिन जोशीको भने अझैं रिहा भएका छैनन्। केही समय अगाडि नेपालका लागि इजरायली राजदूत शमुलिक ए वासले विपिन जोशी जीवितै रहेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement