गान्तोक: सिक्किम राज्य खो-खो एसोसिएशनकी महासचिव सावित्री प्रधान लगायत अन्य सदस्यहरूले आज राज्यपाल ओम प्रकाश माथुरसँग राजभवनमा भेट गरे। भेटघाटको क्रममा महासचिव प्रधानले राज्यपाललाई राज्यमा खो खोको बढ्दो उत्साहबारेमा जानकारी गराइन्। उनले सिक्किमकी किशोरी पाल्मु शेर्पाको नयाँ दिल्लीमा हुने विश्वकप इन्डियन खो खो क्याम्पको लागि छनोट भएको उपलब्धि र सिक्किममा खो-खोको चलिरहेको गतिविधि र विकासबारेमा पनि प्रकाश पारिन्।
राज्यपालले सिक्किमका विद्यालयहरूमा खो खोको स्थितिबारेमा जानकारी लिए। उनले खेलकूदलाई प्रवर्द्धन गर्ने र सिक्किमभरि प्रोत्साहनको भावना जगाउने आफ्नो प्रतिबद्धतामा जोड दिँदै राज्यमा खो खोको लागि राजभवनले आफ्नो सहयोग प्रदान गर्ने पनि आश्वासन दिए। उनले खो खो संघका सदस्यहरूलाई उनीहरूको भविष्यका सबै प्रयासहरूको लागि शुभकामना पनि दिएका छन्।