गान्तोक: नाम्ची जिल्लाको पोक्लोक कामराङ समष्टिअन्तर्गत तिनझिरमा आज सिटिजन एक्सन पार्टी सिक्किमकी उपाध्यक्ष महिला कल्याण परिषद सन्जु राईको निजी निवासमा एक महत्त्वपूर्ण बैठक सम्पन्न भयो। उक्त बैठक नाम्ची जिल्ला अध्यक्ष डीबी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा कृषक् कल्याण परिषदका अध्यक्ष हरिबहादुर राई, सहदेव राई, रबिन राई, बिजय राई, लगायतका विशिष्ट व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो। सभालाई विभिन्न वक्ताहरूले सम्बोधन गर्दै नववर्षको शुभकामना आदानप्रदान गरे। पोक्लोक कामराङ समष्टिमा पार्टीको रणनीति र आगामी योजनाहरूको विषयमा सन्जु राईले महत्त्वपूर्ण जानकारी प्रदान गरिन्। साथै, उपस्थित सबैलाई नयाँ वर्ष २०२५ को क्यालेन्डर वितरण गरियो। बैठकमा आगामी २६ जनवरी गणतन्त्र दिवस तथा पार्टीको तेस्रो स्थापना दिवस धूमधामका साथ मनाउने विषयमा विस्तृत छलफल गरियो। उपस्थित नेताहरूले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारीबारे परामर्श गरे। सिटिजन एक्सन पार्टी सिक्किमले यो अवसरमा सम्पूर्ण जनसमुदायलाई नयाँ वर्ष २०२५ को हार्दिक शुभकामना व्यक्त समेत गरेको छ।









