हमासले सार्वजनिक गर्यो बन्धक बनाएकी युवतीको भिडियो

00-1-Girl

इजरायल र हमासबीच युद्धविराम र बन्धकहरूको रिहाइका लागि कतारमा अप्रत्यक्ष वार्ता पुनः शुरु भएको छ। यसैबीच हमासले एउटा भिडियो सार्वजनिक गरेको छ जसमा १९ वर्षीय इजरायली बन्धकलाई देखाइएको छ। यस भिडियोमा लिरी अल्बाग इजरायली सरकारसँग सम्झौताको लागि अपिल गरिरहेको देखिन्छ। सन् २०२३ को अक्टोबरमा हमासले गरेको हमलाको क्रममा गाजा सिमानामा रहेको नहल ओज आर्मी बेसबाट उनलाई अन्य ६ जना महिला सैनिकसँगै बन्धक बनाइएको थियो। तीमध्ये पाँच जना अझै हिरासतमा छन्। इजरायल र हमासबीच नयाँ वार्ताको घोषणा यस्तो समयमा आएको हो, जब इजरायलले गाजामा आक्रमण तीब्र पारेको छ। हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार विगत २४ घण्टामा भएको बम आक्रमणमा ८८ जनाको मृत्यु भएको जनाएको छ। गाजा सिभिल डिफेन्स एजेन्सीका अनुसार शनिबार गाजा शहरको एउटा घरमा भएको आक्रमणमा सात बालबालिकासहित ११ जनाको मृत्यु भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement