मोरंग: विराटनगरमहानगरपालिका-१३ कोशी राजमार्गबाट ६ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन्।
भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो।
सुनसरीको बर्जु गाउँपालिका-१ का ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको प्रहरीको भनाइ छ।









